सिलगढीमा वृद्धाको मुख थुनेर सुनका गहनाहरू लुटपाट गरेको घटनामा अझ एकजना आरोपी पक्राउ

सिलगढी, 19 नोभेम्बर (निसं): एनजेपी थाना पुलिसले सिलगढी संलग्न जाबराभिटा क्षेत्रमा भएको छिनतई घटनामा संलग्न रहेको आरोपमा एकजना अर्को आरोपीलाई पक्राउ गरेको छ। जानकारी अनुसार, गत बिहीबार साँझ ठाकुरनगरकी एकजना वृद्धा सरस्वती मण्डल आफ्नो घरबाट कामका लागि बाहिर जाँदै थिइन्। त्यतिबेला अचानक जाबराभिटा क्षेत्रमा चार जना बदमास बाइकमा आएर वृद्धाको मुख थुनेर कान अनि गलाको सुनको गहना साथै औठी चोरेर घटनास्थलबाट चम्पट कसेका थिए।
घटनापछि थानामा लिखित अभियोग दर्ता गराइएको थियो। अभियोगको आधारमा जाँचमा जुटेको एनजेपी थाना पुलिसले सादा पोशाकमा विश्वजीत चौधरी उर्फ बिटलालाई अम्बिका नगरबाट पक्राउ गरेको हो। यसपछि शनिबार आरोपीलाई जलपाइगुडी अदालतमा पेश गरेर सात दिनको रिमाण्डमा लिएको थियो। त्यसपछि सोमबार पुलिसले रुपु कर्माकर नामक अर्को एकजना आरोपीलाई आशीघरबाट पक्राउ गरेको छ। आरोपीको घरबाट पूर्व हातियाडाँगास्थित लुटिएका सुनका गहनाहरू पनि उद्धार गरिएको छ। आज आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच जारी राखेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetholiganbet girişonwinpusulabet girişgrandpasha girişbets10casibom girişistanbul escortextrabetescort beylikdüzücasibomistanbul escort