सिलगढीमा ब्राउन सुगरसहित एकजना पक्राउ

सिलगढी : सिलगढी प्रधाननगर थाना पुलिसले 60 ग्राम ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति शङ्कर सरकारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हिजो साँझ प्रधान नगर थाना अन्तर्गत इलाकामा अभियान चलाएर 60 ग्राम ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *