सिलगढी (निसं): छैटौँ श्रेणीका एकजना छात्रा गत मंगलवार परीक्षा दिएपछि अझसम्म घर फर्की नआएकोले गर्दा सिलगढीको प्रधान नगर थाना अन्तर्गत दक्षिण पलास जमाई बजार इलाकामा सनसनी फैलिएको छ। अर्कोतिर, निखोज छात्राको परिवारले थानामा छिमेकी ज्वाईं विरूद्ध अपहरण गरेको आरोप लगाउँदै एउटा प्राथमिकी दर्ता गरेको छ। घटनापछि आरोपी ज्वाई पनि लापत्ता रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार, दक्षिण पलास इलाका निवासी सीमी रायको 12 वर्षीय छोरी कृष्णा राय छैटौ श्रेणीको परीक्षा दिन घरबाट गत मंगलवार साइकलमा सवार भएर स्कुल गएकी थिइन्। परीक्षा समाप्त भएपछि पनि कृष्णा घर नआएपछि परिवारका सदस्यहरू चिन्तित बनेर तिनको खोजबीन शुरू गरे। खोजबीन अवधि स्कुलबाट घर फर्किँदा एकजना अपरिचित महिलासित कृष्णाले भेट गरेको कुरा तिनको आमाले थाहा पाए। यसपछि देवीडांगाको एउटा दोकानको सीसीटीभी क्यामेरामार्फत छानबिन गर्दा छिमेकी प्रदीप कुमार रायको ज्वाई मनोज रायले कृष्णालाई आफ्नो बाइकमा चढाएर लगेको थाहा पाए। निखोज कृष्णाको आमाले बताए अनुसार छिमेकीको ज्वाईसित तिनीहरूको सम्बन्ध राम्रो छ तर तिनले यस्तो कार्य किन गऱ्यो भन्ने कुरा आफुले बुझ्न सकेको छैन। गत सोमबार आरोपी ज्वाई मनोज तिनको घरमा आएको अनि कृष्णाको बारेमा सोधखोज गरेर फर्किएको कुरा तिनले बताए। छोरी अहिले कहाँ अनि कस्तो अवस्थामा होलान् भन्ने कुराले कृष्णाको आमा चिन्तित छन्। अर्कोतिर, आरोपी मनोजको ससुरा प्रदीप रायले बताए अनुसार 2019 -मा लकडाउन अवधि तिनको छोरीसित मनोजको विवाह भएको थियो। हाल मनोजको एकजना 3 महिनाको छोरी पनि छ। प्रदीप गत मंगलवार ज्वाईंको घर धुपगढी गए तापनि तिनी घरमा थिएनन्। तिनले भने, कृष्णा राम्रोसित घर फर्कियोस् भन्ने मेरो प्रार्थना छ। दोषीलाई कठोर सजाय दिनु पर्ने पनि तिनले माग गरेका छन्।
सिलगढीमा छैटौँ श्रेणीको छात्रा अपहरण, छिमेकी ज्वाईमाथि अपहरण गरेको आरोप

Share this story
More from Uncategorized
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
फूलबारी, 27 जून (निसं): फूलबारीमा गत राति भएको दुई भिन्न-भिन्नै सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यी दुइवटै दुःखद दुर्घटना सिलगढी नजिक फूलबारी क्षेत्रको जियागञ्ज र बटालियन मोडमा शुक्रबार राति घटेका हुन्। पहिलो दुर्घटना जियागञ्ज नजिकको क्षेत्रमा राति लगभग 2:30 बजे भएको थियो, जहाँ एउटा ठूलो मालवाहक ट्रेलर र दूधको ट्याङकर आपस्तमा ठोक्किएका…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
