सिलगढीमा चोरी भएको सामान सहित एकजना व्याक्ति पक्राउ

सिलगढी (निसं): सिलगढीको पानीट्याङकी आउट पोस्ट थाना पुलिसले चोरी गरेको स्कूटी, साइकल, धेरैवटा मोबाइल फोन सहित एकजना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम मोहम्मद शाहनवाज खुरेसी (34) हो। तिनी  सिलगढीको 6 नम्बर वार्डको गाजा कोलनी इलाका निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार, गत 4 जूनमा सिलगढीको हाकीमपाडा इलाकाको एउटा घरमा चोरी भएको थियो। यसपछि घरको मालिकले 6 जूनमा पानीट्याङकी आउट पोस्ट पुलिस थानामा चोरी भएको अभियोग दर्ता गरेको थियो। उक्त अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले त्वारित कार्वाही गर्दै कञ्चनजंगा स्टेडियम संलग्न इलाकाबाट उक्त व्याक्तिलाई पक्राउ गरेर सोधखोज गरे। यसपछि  पक्रा परेका आरोपीकोबाट चोरी गरेको स्कूटी, साइकल अनि केही मोबाइल फोनहरू उद्धार गरेको छ। पक्रा परेका आरोपीलाई आज शुक्रवार सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/