सिलगढीमा चोरीको आरोपमा 3 जना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले चोरी भएको ल्यापटप उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार गत 27 नोभेम्बरमा प्रधान नगर थाना अन्तर्गत देवीडाङ्गाको बाबुबासा इलाकाको एउटा खाली घरबाट ल्यापटप चोरी भएको थियो। यसपछि गत 28 नोभेम्बरमा घरका मालिक फर्किआएपछि घरमा चोरी भएकोबारे थाहा पाएपछि घटनाबारे प्रधाननगर थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सोना सरकार, सञ्जय महाली र उमेश छेत्री नाम गरेको 3 जनालाई पक्राउ गर्नको साथै चोरी गरेको ल्यापटप पनि उद्धार गरेको छ। पक्रा परेका 3 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *