सिलगढीमा दम्पतिद्वारा आवश्यकमन्दहरूलाई भोजन साथै न्यानो लुगाफाटा वितरण

सिलगढी : सिलगढी निवासी दम्पतिले आज फाफरीमा आवश्यकमन्द मानिसहरूलाई लिएर वनभोजको आयोजना गरे। यस अवसरमा दम्पति कुमरेस सरकार र तिनकी स्वास्नी माला सरकारले लगभग 400 जना आवश्यकमन्द मानसिहरूलाई आफै भोजन पस्केर दिए। यसको साथै तिनीहरूलाई न्यानो लुगाफाटा पनि प्रदान गरे। यस अवसरमा कुमरेस सरकारले आफ्नो खुसी साझा गर्नु यो राम्रो माध्यम रहेको बताउँदै आवश्यकमन्द मानिसहरूलाई वनभोज खेलाएकोमा आफूलाई आत्मिक सन्तोष प्राप्त हुने गरेकोले प्रत्येक वर्ष आजकै दिन आवश्यकमन्दहरूलाई भोजन गराउने गरेको तिनले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *