सिलगढी गर्ल्स हाई स्कुलमा 75औँ स्वतन्त्रता दिवस पालन

सिलगढी : आज स्वतन्त्रता दिवस। देशभरिमा झैँ यता सिलगढी सहरको विभिन्न ठाउँमा 75औँ स्वतन्त्रता दिवस पालन गरियो। यसै क्रममा सिलगढी गर्ल्स हाई स्कुलमा सांस्कृतिक कार्यक्रमको साथा स्वतन्त्रता दिवस पालन गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले दीप प्रज्ज्वलन गरेर राष्ट्रिय झण्डा उत्तोलन गरे। यसको साथै शहीद वेदीमा पुष्प अर्पण गरेर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे।


उक्त विद्यालयका पूर्व छात्रा अर्पिता घोषालले डब्ल्युबीसीएस परीक्षामा 11औं स्थान हासिल गरेकोमा गौतम देवले तिनलाई सम्मान जनाए। देश तथा समाजलाई प्रत्येक क्षेत्रमा संगठित र एकजुटताको साथमा अघि बढाएर लैजाने स्वाधीनताको 75औँ वर्षमा प्रार्थना गर्दछु भनी गौतम देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *