सिलगढी महकुमा परिषद् चुनाउ: कङ्ग्रेस प्रार्थीद्वारा चुनाउ प्रचार

बाघडुग्रा : सिलगढी महकुमा परिषद चुनाउ सम्पन्न हुन अब दुई दिन मात्र बाँकी रहेको छ। यसैले चुनाउ प्रचारको अन्तिम दिन आज सबै राजनैतिक पार्टीका प्रार्थीहरू चुनाउ प्रचारमा व्यस्त छन्। आज वर्षाको पर्वाह नगरेर कङ्ग्रेस प्रार्थी बुलबुली सिंहले चुनाउ प्रचार गरिन्। अप्पर बाघडुग्रा भुजियापानी ग्वालाबस्तीको कङ्ग्रेसका ग्राम पञ्चायत प्रार्थी बुलबुली सिंहले यहाँको विभिन्न इलाकाहरूमा चुनाउ प्रचार गरिन्। चुनाउ प्रचार अवधि अप्पर बाघडुग्रा अञ्चलका कार्यवाहक अध्यक्ष अनिल सिंह लगायत अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *