सिलगढी : मानिसहरूको असहयोगको कारण हात्तीहरूको मृत्यु भइरहेको छ। यदि यस्तो स्थिति रहे हात्तीहरूको संख्यामा कमी आउनेछ, जसले गर्दा प्राकृतिक सन्तुलन पनि खराब हुनेछ। यी सबै कुराहरूलाई ध्यानमा राखेर पशु प्रेमी संगठन सलिटरी नेचर एन्ड एनिमल प्रोटेक्शन फाउन्डेशन (SNAP)-ले हात्तीको मृत्यु रोक्न साथै हात्तीलाई बचाउनको लागि आन्दोलन गर्ने भएको छ। अर्कोतिर, वाइस फर एशियन एलिफेन्ट सोसाइटी-ले पनि यस आन्दोलनलाई समर्थन गरेको छ। सिलगढी महकुमा परिषदको हलमा आज हात्तीहरूको संरक्षणलाई लिएर एउटा सभाको आयोजना गर्यो। उक्त सभामा वाइस फर एशियन एलिफेन्ट सोसाइटी-का एग्जिक्युटिभ डाइरेक्टर सङ्गीता अय्यरले प्रोजेक्टरको माध्यमद्वारा हात्तीहरूको संरक्षणको आवश्यकताबारे बताइन्। उक्त सभामा वाइल्ड लाइफ रिसर्चर अरित्र खेत्री, स्नाप (SNAP) फाउन्डेशनका एग्जिक्युटिभ डाइरेक्टर कौस्तव चौधरी लगायत अन्य उपस्थित थिए। अर्कोतिर, क्यालिफोर्नियाबाट आएकी सङ्गीता अय्यरले भनिन्, भारतमा सरकारले मानिसहरूको विकासको लागि काम गरिरहेको छ तर सरकारले हात्ती लगायत अन्य जनावरहरूको विकासको बारेमा सोचेको छैन। यदि हात्ती छैन भने भविष्यमा मानिसहरूलाई जीवित रहनु कठिन हुनेछ। यसैले गर्दा अब हामीले राज्य सरकार र केन्द्र सरकारसित मिलेर हात्तीहरूलाई बचाउनको लागि केही उपायहरू गरिरहेका छौँ। मानिसहरूलाई जागरूक गराउनको साथै अन्य केही कार्यक्रमहरूको आयोजना गरिरहेका छौँ। यसैगरी, एग्जिक्युटिभ डाइरेक्टर कौस्तव चौधरीले भने, मानिसहरूलाई बारम्बार चेताउनी दिए तापनि हात्तीमाथि हमला जारी रहेको छ। वन विभागले हात्तीहरूला बचाउनको लागि लगातार कार्य गरिरहेको छ। तर उपकरण तथा तक्निकी कमीको कारण वन विभागले हात्तीको संरक्षणको लागि आवश्यक उपाय गर्न सकेको छैन। यसबारे विभिन्न विभागहरूमा आवेदन गरे तापनि समस्याको समाधान भएको छैन। यसैले आगामी दिनमा यस विषयलाई लिएर आन्दोलन शुरू गरिने तिनले बताए।
सिलगढी महकुमा परिषदमा हात्तीको संरक्षणबारे आलोचना सभाको आयोजना

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
