सिलगढीमा झुण्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी : एनजेपी थाना अन्तर्गत पर्ने पश्चिम धनतला इलाकामा एउटा युवकको झुण्डिएको अवस्थामा शव उद्धार गरेको छ। मृतक 18 वर्षीय महादेव दासको रूपमा चिन्हित भएको छ। स्थानीय मानिसहरूले आइतबार बिहान घाँटीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा महादेव दासको शव देखेपछि यसबारे पुलिसलाई जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। केही दिनदेखि महादेव मानसिक रूपले अस्वस्थ्य रहेको मृतकका परिवारका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.