सिलगढीमा सडक किनारमा भेट्टाइयो 5 वटा मरेको गाई-गोरू

सिलगढी : सिलगढीको सालुगढामा सडक किनारमा मरेको 5 वटा गाई-गोरू उद्धार भएपछि इलाकामा हो-हल्ला मच्चियो। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज बिहान सडक किनारमा केही गाई-गोरू मरेको अवस्थामा भेट्टाएपछि घटनाबारे भक्तिनगर थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगे। पुलिस सूत्रले दिएको जानकारी अनुसार मोठ 6 वटा गाई-गोरू उद्धार गरिएको छ भने तीमध्ये 5 वटा मरेको अवस्थामा भेट्टाइयो। यसको साथै एउटा गोरू गम्भीर रूपमा घाइते रहेको छ। घटनाको खबर पाएर पशुप्रेमी सिलगढी खाटु श्याम परिवारका सदस्यहरू घटनास्थलमा पुगेर घाइते गोरूलाई उद्धार गरेर उपचारको लागि लगेको छ। अर्कोतिर, मरेको 5 वटा गाई-गोरूलाई पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको भक्तिनगर थाना पुलिसले जनाएको छ। यस विषयमा पशुप्रेमी परेश रायले भने, यो अति नै मर्मान्तिक घटना हो। घटनाको उपर्युक्त जाँच गरिनु आवश्यक रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *