सिलगढीमा तृणमूल छोड़ेर 70 जना भाजपामा सामेल

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्डका 70 जना मानिसहरू तृणमूल छोडेर भाजपामा सामेल भएका छन्। सिलगढी नगरनिगमको 46  नम्बर वार्डको शिव नगर इलाकामा एउटा कार्यक्रमबीच नयाँ सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर भाजपा पार्टीमा सामेल गराइयो। यस अवसरमा 46 नम्बर वार्ड भाजपा कमिटीका नेता रवि राय, महिला नेत्री माधवी मुखर्जी, 1 नम्बर वार्डको को-अडिनेटर मालती रायलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *