सिलगढी प्राथमिक बालिका विद्यालयको वार्षिक पुरस्कार वितरण कार्यक्रम

सिलगढी : सिलगढी प्राथमिक बालिका विद्यालयको वार्षिक पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम आज यहाँको दीनबन्धु मञ्चमा आयोजना गरियो।  यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव, सिलगढी प्राथमिक विद्यालय संसदका सभापति डा. सुप्रकाश रायलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा स्कुलका विभिन्न क्षेत्रमा उत्कृष्ट रहेका छात्राहरूलाई सम्वर्द्धना जनाइयो। मन्त्री देवले छात्राहरूको मनोबल बढाउने उद्देश्य लिएर उक्त कार्यक्रमको आयोजना गरेको बताए। पुरस्कार वितरण गरेपछि विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *