सिलगढी सहर सुनसान, दोकानपाट पूर्ण रूपले बन्द

सिलगढी : देशका प्रधानमन्त्री नरेन्द्र मोदीको आहवानमा गरिएको जनता कर्फ्यू-लाई यता सिलगढीमा पनि मानिसहरूले पूर्ण रूपले समर्थन जनायो। अन्य दिनहरूको तुलनामा आज सिलगढी सहरको दृश्य अर्कै भिन्नै देखियो। सधैँ  व्यस्त रहने सिलगढी सहरको सडकहरू आज बिहानैदेखि सुनसान देखियो भने ठुला-साना सबै दोकानपाटहरू पनि पूर्ण रूपले बन्द अवस्थामा रहेको छ। यसको साथै आगामी मङ्गलबारसम्म सिलगढी सहरको विधान मार्केट लगायत अन्य मार्केटहरू सबै बन्द रहने व्यवसायी संगठनले पत्रकार सम्मेलन गरेर अगावै घोषणा गरिसकेको छ। सिलगढी जङ्क्सनदेखि केही सरकारी बस परिसेवा चालू रहे तापनि यात्रीहरूको सङ्ख्या अति कम रहेको देखियो। यसको साथै जनता कर्फ्यूको कारण सबै ट्रेन परिसेवा पूर्ण रूपले बन्द रहेकोले आज एनजेपी रेलवे स्टेशन लगायत जङ्क्सनस्थित रेलवे स्टेसन परिसरमा सुनसान देखियो। यसबाहेक सिलगढीका सडकहरूमा गत दिनहरूमा भन्दा आज अटो र टोटोहरूको भीडभाड देखिएन। अति आवश्यक कार्यको लागि मात्र केही मानिसहरू आज घरदेखि बाहिर निस्केको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *