सिलगढी सेवक रोडस्थित एउटा मलको स्पा-मा पुलिसको अभियान, एकजना हिरासतमा

सिलगढी : सिलगढीको सेभोक रोडस्थित एउटा मलको स्पामा पुलिसले अभियान चलाएर एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। उक्त स्पामा अश्लील गतिविधिहरू चलिरहेको गोप्य सूचना पाएपछि सिलगढी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएको बताइएको छ। अभियान अवधि पुलिसले स्पामा एकजना व्यक्तिलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि हिरासतमा लिनको साथै त्यहाँबाट केही युवतीहरूलाई पनि उद्धार गरेको छ। तथापि, मालिकको कुनै सुराग नपाएपछि सिलगढी पुलिसले तिनको खोजी शुरू गरेको छ। अन्य केही ठाउँहरूमा पनि स्पाको नाममा यस्ता असामाजिक गतिविधिहरू हुने गरेकोले पुलिसले यस विरुद्ध लगातार अभियान चलाउने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *