सिलगढी उच्च बालिका विद्यालयमा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी उच्च बालिका विद्यालयको 75औँ वर्ष पुरा गरेको तथा डा. विधान चन्द्र रायको जन्म जयन्तीको उपलक्ष्यमा रक्तदान शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव तथा प्रशासक मण्डलीका सदस्य रञ्जन सरकारले आज डा. विधान चन्द्र रायको तस्विरमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।


यसबाहेक स्कुलमा बस अनि चित्र बनाउ प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। सिलगढी उच्च बालिका विद्यालयका प्रधानाध्यापिका अत्यूहा बागचीले डाक्टर्स डे –को अवसरमा  डा. विधान चन्द्र रायलाई श्रद्धाञ्जलि अर्पण गरेको बताइन्। यसको साथै सिलगढी उच्च बालिका विद्यालयको 75औँ वर्षगाँठको  उपलक्ष्यमा ब्लड ब्याङ्कलाई 75 युनिट रक्त दान गर्ने स्कुलको मुख्य लक्ष्य रहेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *