शिमुलबारी इलाकामा चितुवाको हमलामा 3 जना घाइते

सिलगढी : सुकना ग्राम पञ्चायतको शिमुलबारी इलाकामा चितुवाको हमलामा 3 जना व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेहरूमा रतन नगेशिया, धीरज नगेशिया र शिवराज नगेशिया सामेल छन्। उक्त घटनापछि इलाकामा आतङ्कको माहौल देखापर्यो। चितुवाको डरले मानिसहरू आफ्नो घरबाट बाहिर निस्कन समेत डराइरहेका छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ 3 जना व्यक्ति सदा झैँ खेतबाट काम गरेर घर फर्किरहेको समय अचानक एउटा चितुवाले हमला गर्दा 3 जना व्यक्ति घाइते भएका छन्। तिनीहरूको चिच्याएको आवाज सुनेपछि मानिसहरू घटनास्थलमा पुगेपछि उक्त चितुवा त्यहाँबाट भागेको बताइएको छ। घटनापछि गम्भीर घाइते अवस्थामा तिनीहरूलाई उद्धार गरेर अस्पताल लगेर प्राथमिक उपचार गरेपछि सिलगढी जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *