सिटोङमा तितस लेप्चा स्मृति सेवा एवम् तितस लेप्चा स्मृति पुस्तकालयको उद्घाटन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने सिटोङमा तितस लेप्चा स्मृति सेवा एवम् तितस लेप्चा स्मृति पुस्तकालयको आज उद्घाटन गरियो। सिटोङ क्षेत्रमा युवाहरूको लागि प्रेरणाको स्रोत बनेका तथा सिटोङ क्षेत्रमा ग्रामीण पर्यटन व्यवसायलाई शुरु गर्ने सफल व्यवसायी व्यक्ति तितस लेप्चाको स्मृति सेवा साथै तितस लेप्चा स्मृति पुस्तकालयको उदघाटन गरियो। उक्त पुस्तकालयको उद्घाटन राइट रेभरेन्ट विशप डा. पिटर ब्लेन लेप्चा, रतन थापाको उपस्थितिमा रेभ ध्रुव शिष्यको बाहुलीबाट रिबन काटेर उद्घाटन गरियो। यस अवसरमा पास्टर जेम्स तामाङले पुस्तकालयको लागि प्रार्थना गरे भने तितस लेप्चा स्मृति पुस्तकालयको बारेमा सञ्जीव छेत्रीले बताए। तिनले अब तितस लेप्चा स्मृति पुस्तकालयमा वार्षिक रूपमा स्थापना दिवस पालन गर्ने तथा साहित्यिक र प्रतियोगितामूलक कार्यक्रमहरू पनि वार्षिक रूपमा आयोजना गरिने बताए।

कार्यक्रममा तितस लेप्चाको विषयमा पास्टर शरण शरद, रतन थापाद्वारा छोटो वक्तव्य राखियो भने तितस लेप्चामाथि बनिएको वृत्तचित्र प्रदर्शन गरियो जसको विषयमा आरजे समीर छेत्रीद्वारा छोटो वक्तव्य राखिएको थियो। हनोक थापाले सञ्चालन गरेको सभामा शुरुको प्रार्थना पास्टर महेन्द्र मुखियाले गरेका थिए भने स्वागत सम्भाषण एल्डर युनस लेप्चाले राखेका थिए। तितस लेप्चाको समाधि स्थलमा स्मृति सेवा पनि सम्पन्न भयो जसमा रेभरेन्ट सिमोन गुरुङले बाइबलबाट प्रचार गरेका थिए। कार्यक्रममा रेभ विशप डा. पिटर ब्लेन लेप्चाले बाइबलबाट बताउँदै तितसको प्रशंसा मात्रै गर्नु होइन तर तिनको आदर्शहरूलाई अप्नाउनु पर्छ र तिनी जस्तै सफल हुनुपर्छ भनी बताए। अन्तिम प्रार्थना रेभ ध्रुव शिष्यले गरेका थिए भने आशिष राइट रेभरेन्ट विशप डा. पिटर ब्लेन लेप्चाले गरेका थिए। खरसाङको सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा उक्त तितस लेप्चा स्मृति पुस्तकालयको उद्घाटन गरेकोले अब स्थानीयहरूको लागि पुस्तक अध्ययनको सुविधा बढ़ेको छ। यस पुस्तकालय भविष्यमा संग्रहलायको रूपमा विकसित गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes