सिविटार चियाबारीका दुईजना क्वारेन्टाइन सकेर फर्किए घर

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने सिविटार चियाबारीका दुईजनाले क्वारेनटाइनको समयावधि समाप्त गरेर घर फर्किएका छन्। गत 31 मईको दिन ती दुवै बेङ्गलुरूबाट ट्रेनमार्फत् गाउँ फर्किआएका थिए। दुवै आज लगभग 17 दिनको क्वारेन्टाइन अवधि समाप्त गरेपछि आशाकर्मीहरू, जीटीए सर्भिलेन्स कमिटीको पदाधिकारीहरू लगायत स्थानीय समाजका प्रतिनिधिहरूको उपस्थितिमा क्वारेनटाइन मुक्त भएका छन्। सिविटार गैरी गाउँको सुजित राई र सिविटारकै शिलखोला निवासी रिवास छेत्रीले क्वारेन्टाइनको समयावधि समाप्त गरेर घर फर्केका छन्। शिवखोला निवासी रिवास छेत्री क्वारेनटाइनमुक्त हुँदा आशाकर्मीहरू क्रमैले कविता थापा तामाङ, रिना छेत्री, सुनिति घिसिङ, शान्ति खवास उपस्थित थिए भने सर्भिलेन्स कमिटी सिविटार बुथ नम्बर 258-को चिफ को-अर्डिनेटर शंकर प्रधान, फ्रेण्डस क्लबको सभापति आशिष वाइबा र सचिव अमीर राई लगायत पेम्बा तामाङ एंव अन्यहरू उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş