सिविटार चियाबारीका मोहित भुजेल कार्निभल आईडल 2022-को फाइनलमा

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको मोहित भुजेल कार्निभल आईडल 2022-को फाइनलमा पुग्न सफल भएका छन्। सिविटार चियाबारी निवासी मिलन भुजेल अनि चन्द्रिका भुजेलको सुपुत्र मोहित भुजेल दार्जिलिङमा सम्पन्न भइरहेको कार्निभल आईडल 2022-को सेमी फाइनलमा 20 जना प्रतियोगीहरूमध्ये एकजना थिए। तिनी 20 जना प्रतियोगीहरूमध्ये शिर्ष 10-मा प्रवेश गरेका छन् भने शिर्ष 10 जना चयन भएका प्रतियोगीहरूबाट नै कार्निभल आईडल 2022 को फाइनल हुने जानकारी प्राप्त भएको छ। मोहित भुजेल पहिलेबाटै तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन 2 का विजेता पनि हुन्। तिनले आफ्नो धेरै गीतहरू अनलाइन रुपमा सार्वजनिक गरिसकेका छन्। दार्जिलिङको कार्निभल म्यूजिकल ब्याण्डले आफ्नो 50औं वार्ष गाँठको उत्सव मनाउँदै गत 14 मईदेखि सुरु गरेका कार्निभल आइडलको सेमी फाइनल दार्जिलिङमा 20 जना प्रतियोगीहरूलाई लिएर सम्पन्न भएको थियो। यस चरण प्रतियोगिताको फलाफलको घोषणा भएपछि अब 10 जना प्रतियोगीले कार्निभल आईडलको फाइनलमा प्रवेश गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *