सोशल मिडियामा नाबालिकाको अश्लील फोटो भाइरल गरेको आरोपमा युवक पक्राउ, निखोज 3 जना आरोपीको खोजी जारी

सिलगढी, 26 अक्टोबर: सोशल मिडियामा नाबालिकाको अश्लील फोटो भाइरल गरेको आरोपमा साइबर थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम बादल साहनी हो, तिनी सिलगढीको प्रकाश नगर निवासी बताइएको छ। साइबर स्रोतहरूका अनुसार, आरोपीले नाबालिकाको केही अश्लील फोटो मोबाइलमा खिचेर कैद गरेको थियो र त्यसपछि ती तस्वीरलाई सोशल मिडियामा भाइरल गरिदिएको थियो।
यस विषयमा जानकारी पाएपछि नाबालिकाले गत 29 सेप्टेम्बर सिलगढी साइबर थानामा एउटा प्राथमिकता दर्ता गराइन्। उक्त अभियोगको आधारमा जाँचमा जुटेको साइबर थानाको पुलिसले गत बुधवार प्रकाश नगरबाट बादल साहनीलाई पक्राउ गरेर अदालतमा पेश गर्योर र तीन दिनको रिमाण्डमा लिएर सोधखोज गर्योु। यस अवधि साइबर टोलीलाई उक्त मामिलामा मोठ चारजना युवक संलग्न रहेको थाहा लागेको छ। हाल एकजना आरोपी युवक पक्रा परे तापनि अन्य तीन जनाको खोजी गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL