सुब्रत संघको खुट्टी पुजासँगै दुर्गा पुजा उत्सवको तयारी

सिलगढी : प्रत्येक वर्ष सिलगढीमा यहाँका विभिन्न क्लबहरूले खुबै आकर्षणीय ढङ्गमा दुर्गा पुजाको आयोजना गर्दैआइरहेको छ। तर यस वर्ष कोरोना महामारीको कारण दुर्गा पुजा सामान्य रूपले गरिने भएको छ। यसैबीच आज सिलगढीका विभिन्न क्लबहरूको तर्फबाट दुर्गा पुजाको पण्डाल निर्माण कार्यको आरम्भ गर्न अघि खुट्टी पुजा गरियो। यसै क्रममा आज महालयाको अवसरमा सुब्रत संघको तर्फबाट पनि खुट्टी पुजाको आयोजना गरियो। यस अवसरमा दुर्गोत्सव कमिटीका सचिव रवीन्द्र नाथ दे, अध्यक्ष पार्थ साहा तथा कोषाध्यक्ष प्रशान्त पाल लगायत क्लबका सदस्यहरू उपस्थित थिए। दुर्गोत्सव कमिटीका सचिव रवीन्द्र नाथ दे-ले बताएअनुसार यस वर्ष सुब्रत संघको 62 औँ दुर्गा पुजा उत्सव हो। कोरोना महामारीको कारण यस वर्ष स्कुल मैदानमा दुर्गा पुजाको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *