सुकेपोखरीमा आवश्यकमन्द परिवारलाई कम्बल वितरण

सुकेपोखरी : सुकेपोखरी पुलिस प्रशासन अनि काली पुजा आयोजक समिति  सुकेपोखरी थाना क्षेत्रका आश्वयकमन्द परिवारलाई एक-एकवटा कम्बल वितरण गरियो। यस कार्यक्रममा जोरबङ्ग्लो सुकेपोखरी खण्डका खण्ड विकास अधिकारी शुप्रतिक साह, सुकेपोखरी थाना प्रभारी सुदीप कुमार विश्वास, पुजा आयोजक समितिका नन्दु कुमार गर्ग, सचिव पुरण छेत्री, गोजमुमो सुके मानेभन्ज्याङ समष्टि अध्यक्ष बुद्ध तामाङ तथा सदस्यहरू लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *