राजगञ्ज, 12 मई: प्रेम विवाह गरेका एकजना युवकले पत्नीले घर छाडेपछि उत्पन्न मानसिक पीडा सहन गर्न नसकेर आत्महत्या गरेका छन्। घटनाले राजगञ्जको माझियाली ग्राम पञ्चायत अन्तर्गत बडाभिटा सरकार पाडा क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतक युवकको नाम बिप्लब सरकार (36 वर्ष) हो।
पारिवारिक सूत्र अनुसार, राजगञ्जको बडाभिटा सरकार पाडाका बिप्लब सरकार अन्य राज्यमा राजमिस्त्रीको काम गर्थे। लगभग 9 वर्ष अघि उनले हल्दिबारीका प्रियङ्का रायसँग प्रेम विवाह गरेका थिए। अहिले उनीहरूको 8 वर्षको छोरा छ। बिप्लब प्रदेशमा हुँदा उनकी पत्नी सामाजिक सञ्जालमा विभिन्न प्रकारका “रिल्स” भिडियो पोस्ट गर्थिन्।
झण्डै दुई हप्ता अघि प्रियङ्का, बाबाको घर जान्छु भन्दै छोरा सासू-ससुराको जिम्मा लगाएर निस्किइन्। त्यो दिन उनी साँझतिर बाबाको घर पुगेकी थिइन्। तर भोलिपल्ट बजार जान्छु भनेर घरबाट निस्केपछि बेपत्ता भइन्।
प्रियङ्काकी आमाले बताए अनुसार, उनले छोरीसँग सम्पर्क गर्न सकेकी थिइनन्। पछि अर्कै फोन नम्बरबाट प्रियङ्काले उनी एकजना महिलासँग बेंगलोर गएकी बताइन् अनि अब घर नफर्किने जनाइन्।
यस घटनापछि बिप्लब लगभग एक हप्ता अघि काम छोडेर घर फर्किए। पत्नीलाई घर फर्काउने धेरै प्रयास गरे, तर सफल हुन सकेनन्।
हिजो साँझ लगभग 8 बजेतिर बिप्लब घरबाट निस्किए। परिवारका सदस्यहरूले खोजी गर्दा केही समयपछि घरबाट केही टाढा रहेको एउटा रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटियो।
घटनाको जानकारी पाएपछि राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर आज जलपाइगढी मेडिकल कलेजमा पोस्टमार्टमको लागि पठाएको छ। घटनाको सम्बन्धमा पुलिसले अनुसन्धान शुरू गरेको छ।
स्वास्नी घर छोडेर गएपछि पीडा सहन गर्न नसकेर आत्महत्या गरे लोग्नेले

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
