मङपु : 74औँ स्वतन्त्रता दिवसको अवसर पारेर लाब्दा बस्ती बोरदाङ्ग युथ क्लबको आयोजनमा दुई दिवसीय फुटबल खेलको फाइनल खेल आज सम्पन्न भयो। उक्त फाइनल खेलमा खरसाङ महकुमा समिति युवा मोर्चा महासचिव बिज्ञान मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा केन्द्रिय समिति युवा मोर्चा प्रवक्ता अनित खाती अनि सभापति युवा मोर्चा मङ्गपु लाब्दा समष्टिका दिब्य बम्जन उपस्थित थिए। उक्त फाइनल खेलमा अतिथिमा युवा मोर्चा समष्टि प्रवक्ता विभोर सिङ्गदन र युवा मोर्चा समष्टि कार्यकारिणी सदस्य ऋषि सिङ्गदन लगायत अन्य क्षेत्रीय वरिष्ट नागरिकको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई प्रमुख अतिथि बिज्ञान मिश्रले सम्बोधन गरेका थिए|
स्वतन्त्रता दिवसको अवसरमा मङपुमा दुई दिवसीय फुटबल खेलको फाइनल सम्पन्न

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
