स्वतन्त्र सेनानी क्रान्तिकारी दिनेश चन्द्र गुप्तको 113औं जयन्ती पालन

सिलगढी, 6 दिसम्बर (निसं): सिलगढी नगर निगमद्वारा क्रान्तिकारी दिनेश चन्द्र गुप्तको 113औं जयन्ती सम्मानपूर्वक मनाइयो। सिलगढीको जलपाइमोडमा आज मेयर गौतम देवले क्रान्तिकारी दिनेश चन्द्रको मूर्तिमा श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा 4 नम्बर बोरोका चेयरम्यान जयन्त साहा लगायत अन्य व्यक्तिहरू उपस्थित थिए। स्मरण रहोस, दिनेश चन्द्र गुप्ता एकजना प्रसिद्ध बङ्गाली क्रान्तिकारी थिए जसले भारतको स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए। उनले ढाका र मेदिनीपुरमा क्रान्तिकारी संगठनहरूको स्थापना गरेका थिए। क्रान्तिकारी विनय बोसको नेतृत्वमा दिनेश चन्द्र गुप्त र बादल गुप्तले कोलकातामा राइटर्स बिल्डिङ्गमा आक्रमण गरेका थिए। पछि उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाइयो अनि उनीहरूलाई फाँसी दिइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *