स्वयंसेवी संस्थाद्वारा कोरोनाबारे मानिसहरूलाई जागरूक

सिलगढी : राज्यमा फेरि कोरोना भाइरसको प्रकोप बिस्तारै बढ्दै गइरहेको छ। यसैले सिलगढी स्टुडेन्ट्स सोसाइटी आज साधारण मानिसहरूलाई कोरोनाबारे जागरूक गराउन सडकमा ओर्लिएको छ। सोसाइटीको तर्फबाट आज सिलगढी जिल्ला अस्पतालमा उपचारको लागि आएका रोगी तथा रोगीका परिवारका सदस्यहरूलाई कोरोनाबारे जागरूक गराइयो।


यसको साथै संगठनको तर्फबाट कोरोना संक्रमणबाट बाँच्नको लागि मास्क तथा सेनिटाइजर पनि वितरण गरियो। यस सम्बन्धमा संगठनका विवेक झा-ले भने, हामीहरूले 2020 र 2021 –मा कोरोनाको भयावह स्थिति देखिसकेका छौँ। अब फेरि कोरोनाको संक्रमण  बढ़िरहेकोले गर्दा पुरानो परिस्थिति फर्किनआओस् भन्ने उद्देश्य लिएर संस्थाको तर्फबाट आज साधारण मानिसहरूलाई कोरोनाबारे जागरूक गराइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *