सिलगढी : तामाङ युथ एसोसिएशनले आउँदो विधानसभा चुनाउमा पहाड़को तीनवटा आसनमा गोजमुमो अध्यक्ष विनय तामाङद्वारा घोषित प्रार्थीहरूलाई समर्थन गर्ने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तामाङ युथ एसोसिएशनले यसबारे जानकारी दिएको छ। एसोसिएशनका अध्यक्ष सोनम वाङ्ग्दी तामाङले बताएअनुसार उक्त एसोसिएशनले आउँदो विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसलाई समर्थन गर्ने भएको छ। गोजमुमो विनय खेमाको ‘नयाँ सोच, नयाँ विचार‘ मार्फत् पहाडमा शान्ति फर्किआएको बताउँदै पहाड़को विकासको हितमा एसोसिएशनले गोजमुमो विनय खेमाको प्रार्थीलाई मतदान गर्ने निर्णय लिएको तिनले जनाए। तामाङ युथ एसोसिएशनले गत 17 मार्चमा खरसाङ महकुमा अन्तर्गत पर्ने पङ्खाबारीमा एउटा सभाको आयोजना गरेर उक्त निर्णय लिएको तिनले बताए। यस अवसरमा एसोसिएशनका अध्यक्ष सोनम वाङ्ग्दी तामाङ, महासचिव सुवोध लामा लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।
तामाङ युथ एसोसिएशनले गोजमुमो विनय खेमाको प्रार्थीलाई समर्थन गर्ने

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
