टीम सोसियल सर्कलद्वारा बिजनबारीको कर्मटारस्थित ग्रेस होस्टलको भ्रमण

बिजनबारी : युवाहरूमा समाजिक चेतना फैलाउने उद्देश्य लिएर बिजनबारी क्षेत्रका युवाहरुद्वारा निर्मित सामाजिक संस्थान टीम सोसियल सर्कलले आज पुल बिजनबारी समष्टि अधीनस्थ कर्मटारस्थित ग्रेस होस्टलको भ्रमण गरेर त्यहाँको आवस्थाको निरीक्षण गरे। सौरभ पोख्रेलको अगुवाईमा गएको उक्त टोलीले होस्टल व्यवस्थापनसित कुराकानी गर्दै तिनीहरूले झेल्दै आइरहेको समस्याहरूबारे चर्चा गरे। यसको साथै तिनीहरूको लागि भवनको अति आवश्यक रहेको होस्टल व्यवस्थापनले अवगत गराएपछि उक्त टीम सोसियलले आर्थिक सहयोग संग्रह गरेर भवन निर्माणमा सहयोग गर्ने आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *