टिस्टाभेल्ली : तकदाह टिस्टा भेल्ली समष्टिको टिस्टा भेल्ली चियाबारी मुन्सी गाउँ निवासी आमा विणा थापा (तामाङ) अनि बाबा चन्दन थापा मगरको कोखबाट 23 जनवरी 1984-मा जन्मेकी प्रियङ्का थापा मगरले प्राथमिक शिक्षा सिक्किमको गान्तोक तादुङ होली क्रसबाट शुरू गरेकी हुन्। एघारौँ र बाह्रौं श्रेणीको शिक्षा पालजर नाम्ग्येल गर्ल्स स्कुल गान्तोक, सिक्किमबाट पुरा गरेपछि विज्ञान स्नातक (बीएससी) उत्तर महाराष्ट्र विश्व विद्यालय जाल गाउँबाट पुरा गरिन्। त्यसपछि फेरि स्नातकोत्तर (मास्टर) डिग्रीको निम्ति गान्तोक मणिपाल मेडिकल कलेजमा भर्ना भइन्। आफ्नो कडा मेहनतले गर्दा आफूले मन परेको विषय जैविक रसायन (Bio Chemistry)-मा स्नातकोत्तर डिग्री हासिल गर्न सफल भइन्। नेपाल गन्जमा दुई वर्ष लेक्चर पदमा रहेर अन्तमा ईटेग्रल विश्वविद्यालय लखनऊमा पाँच वर्ष लेक्चररको पदमा रहेर (Genetic Polymorphisms of Myeloperoxidase in type 2 Diabetes Mellitus) टाइप 2 मधुमेह मेलिट्समा माईलोपेरोक्सीडेसको जेनेटिक पोलीमीरर्फीजम विषयमा कठोर मेहनत र लगनशिलताको साथमा अनुसन्धान पुरा गरेपछि ईटेग्रल विश्वविद्यालय (Integral University ) लखनऊबाट ‘पीएचडी‘ (विधावारिधि) गर्न सक्षम भएकी छन्। हाल प्रियङ्का थापा मगर ईटेग्रल विश्वविद्यालय लखनऊमा सह-प्रध्यापकको पदमा नियुक्ति भएकी छन्। आफ्नो गाउँ, समाज, जातिलाई गर्वबोध तुल्याउन सक्षम भएकीमा सम्पूर्ण टिस्टा भेल्लीको तर्फबाट बधाई एवम् शुभकामना सन्देश व्यक्त गरेको पेन्जोमा लामाले जानकारी दिएकी छन्।
टिस्टा भेल्लीको छोरी प्रियङ्का थापा मगर विधावारिधि गर्न सफल

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
