टिस्टा भेल्लीको छोरी प्रियङ्का थापा मगर विधावारिधि गर्न सफल

टिस्टाभेल्ली : तकदाह टिस्टा भेल्ली समष्टिको टिस्टा भेल्ली चियाबारी मुन्सी गाउँ निवासी आमा विणा थापा (तामाङ) अनि बाबा चन्दन थापा मगरको कोखबाट 23 जनवरी 1984-मा जन्मेकी प्रियङ्का थापा मगरले प्राथमिक शिक्षा सिक्किमको गान्तोक तादुङ होली क्रसबाट शुरू गरेकी हुन्। एघारौँ र बाह्रौं श्रेणीको शिक्षा पालजर नाम्ग्येल गर्ल्स स्कुल गान्तोक, सिक्किमबाट पुरा गरेपछि विज्ञान स्नातक (बीएससी) उत्तर महाराष्ट्र विश्व विद्यालय जाल गाउँबाट पुरा गरिन्। त्यसपछि फेरि स्नातकोत्तर (मास्टर) डिग्रीको निम्ति गान्तोक मणिपाल मेडिकल कलेजमा भर्ना  भइन्। आफ्नो कडा मेहनतले गर्दा आफूले मन परेको विषय जैविक रसायन (Bio Chemistry)-मा स्नातकोत्तर डिग्री हासिल गर्न सफल भइन्। नेपाल गन्जमा दुई वर्ष लेक्चर पदमा रहेर अन्तमा ईटेग्रल विश्वविद्यालय लखनऊमा पाँच वर्ष लेक्चररको पदमा रहेर (Genetic Polymorphisms of  Myeloperoxidase  in type 2 Diabetes Mellitus)  टाइप 2 मधुमेह मेलिट्समा माईलोपेरोक्सीडेसको जेनेटिक पोलीमीरर्फीजम विषयमा कठोर मेहनत र लगनशिलताको साथमा अनुसन्धान पुरा गरेपछि ईटेग्रल विश्वविद्यालय (Integral University ) लखनऊबाट पीएचडी‘ (विधावारिधि) गर्न सक्षम भएकी छन्। हाल प्रियङ्का थापा मगर ईटेग्रल विश्वविद्यालय लखनऊमा सह-प्रध्यापकको पदमा नियुक्ति भएकी छन्। आफ्नो गाउँ, समाज, जातिलाई गर्वबोध तुल्याउन सक्षम भएकीमा सम्पूर्ण टिस्टा भेल्लीको तर्फबाट बधाई एवम् शुभकामना सन्देश व्यक्त गरेको पेन्जोमा लामाले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *