टिस्टा भेल्ली मिनी पोस्ट फुटबल टुर्नामेन्ट: मिक्सअप बोइज र यङ्ग बोइज क्लब फाइनलमा प्रवेश

टिस्टा भेल्ली (निसं): टिस्टा भेल्ली बजार गाउँ शान्ति समाजका जागरूक युवाहरूद्वारा आयोजित मिनी पोस्ट फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार खेलिएको अन्डर 15 को पहिलो सेमिफाइनल म्याचमा डीपी साइड लाम्चेधुरा युइनाइटेडलाई 2-0 गोलले पराजित गरेर मिक्सअप बोइज टिस्टाभेल्ली फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा विजय टोलीका खेलाडी अनमोल मंगरलाई ‘म्यान अफ् द म्याच’ छनौट गरेर पारितोषिक प्रदान गरियो। यसैगरी, दोस्रो सेमिफाइनल म्याचमा आज मन्सी गाउँ युनाइटेडलाई 2 गोलको विरूद्ध 5 गोल गरेर यङ्ग बोइज क्लब ए- टिस्टाभेल्ली फाइनलमा प्रवेश गर्न सफल भएको छ। आजको म्याचमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने विजय टोलीका अधिनायक उदेश राईलाई ‘म्यान अफ द म्याच’ चयन गरेर अतिथिको बाहुलीबाट पारितोषिक प्रदान गरियो। अन्डर 15 टुर्नामेन्ट अन्तर्गत अब 11 फरवरीको दिन सम्पन्न हुने फाइनल खेलमा यङ्ग बोइज क्लब ए- को भिडन्त मिक्सअप बोइज टिस्टाभेल्लीसित हुनेछ।

 
अर्कोतिर, ओपन सिनियर डिभिजनको अन्तिम क्वार्टर फाइनल खेलमा आज मंगर गाउँ क्लबलाई 2 गोलको विरूद्ध 7 गोल गरेर कालीझोडा सेमिफाइनलमा प्रवेश गरेको छ। विजय टोलीका खेलाडी विश्वास प्रधानलाई ‘म्यान अफ द म्याच’ चयन गरेर ट्रफी प्रदान गरियो। आयोजक समितिका मौसम राणाले दिएको जानकारी अनुसार भोली बुधबार पहिलो सेमिफाइनल म्याच लिंगलिङ बनाम सुरूक फुटबल क्लबमाझ भिडन्त हुनेछ भने दोस्रो सेमिफाइनल खेल युनिक बोइज बनाम कालीझोडामाझ सम्पन्न हुने भएको छ। आगामी 11 फरवरीको दिन विविध कार्यक्रमको साथमा सम्पन्न हुने उक्त प्रतियोगिताको फाइनल खेलमा विजयी टोलीलाई नगद 40 हजार लगायत आकर्षक ट्रफी अनि पराजित टोलीलाई नगद 20 हजारसहित आकर्षक ट्रफी प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusadssajokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetavvabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetgrandpashabet girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibom Built with ❤︎ by appycodes