टोटो चोरी गरेको आरोपमा 5 जना पक्राउ

कालचिनी : कालचिनी थाना पुलिसले टोटो चोरीको घटनामा संलग्न रहेको आरोपमा 5 जना युवकलाई पक्राउ गरेपछि आज अलिपुरद्वार अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले राजीब हुसेन, अनाउल हक, महिदुल हक, महाबुल इस्लाम र प्रसनजीत सरकार सामेल छन्। प्राप्त जानकारीअनुसार गत 9 फरवरीको दिन हेमिल्टनगञ्ज बजार इलाकाबाट एउटा टोटो चोरी भएको थियो। टोटो मालिक राजेश छेत्रीले यसबारे कालचिनी थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 5 जना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *