तृणमूलद्वारा अबेर राति मनाइयो स्वतन्त्रता दिवस

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस कमिटीले राति 12 बजी सिलगढीको कञ्चनजङ्घा स्टेडियममा 74औँ स्वाधीनता दिवस पालन गर्यो। दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस कमिटीले राष्ट्रिय झण्डा लगायत पार्टीको झण्डा उत्तोलन गरेर 74औँ स्वतन्त्रता दिवस पालन गर्यो। यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देवतृणमूल कांग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष रञ्जन सरकारलगायत अन्य नेता एवम् कार्यकर्ताहरू उपस्थित थिए। स्वतन्त्रता दिवसको अवसरमा तृणमूल कांग्रेसको तर्फबाट भोलि साँझदेखि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने भएको छ। पर्यटन मन्त्रीले दुईवटा देशभक्ति गीत गाउनको साथै राष्ट्रिय झण्डा उत्तोलन गरेर कार्यक्रमको समापन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *