तृणमूलका अनुब्रत मण्डल पक्रा परेकोमा एसएफआई-द्वारा खुसी व्यक्त

सिलगढी : सीबीआईको विशेष न्यायालयले गाई-गोरू तस्करी मामिलामा तृणमूल कङ्ग्रेसका नेता अनुब्रत मण्डललाई पक्राउ गरेपछि खुसी मनाउँदै आज एसएफआई-द्वारा सिलगढीमा फुल मिठाई तथा बतासा वितरण गरियो। संगठनका सदस्यहरूले आज सिलगढीको हासमी चोकमा अनुब्रत मण्डललाई पक्राउ गरेकोमा खुसी व्यक्त गर्दै स्थानीय मानिसहरूलाई फुल मिठाई तथा बतासा वितरण गरे। यसको साथै संगठनका सदस्यहरूले अबदेखि गाई-गोरू सुरक्षित रहने बताए। अनुब्रत मण्डल पक्रा परेपछि अब गाई-गोरूहरू चोरी हुने डर छैन भन्दै मानिसहरूलाई प्रचार गरे। स्मरण रहोस्, सीबीआई-ले गाई-गोरू तस्करी गरेको मामिलामा वीरभूमका प्रभावशाली तृणमूल नेता अनुब्रत मण्डललाई गत बिहिबार पक्राउ गरेपछि न्यायालयमा पेश गर्दा तिनलाई 10 दिनको सीबीआई हिरासतमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *