तृणमूलको चुनावी घोषणा पत्रबारे जानकारी गराए राजगञ्जका प्रार्थी खगेश्वर रायले

राजगञ्ज : राजगञ्जमा तृणमूल कङ्ग्रेसको चुनावी घोषणा पत्र 2021-लाई लिएर एउटा पत्रकार सम्मेलनको आयोजना गरियो। रायगञ्ज विधानसभाका तृणमूल प्रार्थी खगेश्वर रायले आज राजगञ्ज विधानसभा अन्तर्गत बेलाकोवामा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जीले आफ्नो चुनावी घोषणा पत्र जारी गरेको जानकारी गराए। यस घोषणा पत्रमा प्रत्येक वर्ष पाँच लाख नोकरी, प्रत्येक परिवारको लागि न्यूनतम मासिक आयऔद्योगिक बंगाल, स्वास्थ्य व्यवस्था र स्वस्थ बंगालप्रत्येक घरमा बिजुलीको व्यवस्था, सड़क, प्रत्येक घरमा पिउने पानीको व्यवस्था आदि सामेल गरिएको छ। यस अवसरमा अमलेन्दु भौमिक, तुषार दत्त, रणबीर मजुमदार लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *