ट्रकको धक्काले दुईजना टोटो यात्री घाइते

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल नजिक ट्रकको धक्का लाग्दा टोटोमा सवार दुईजना यात्री घाइते भएका छन्। प्राप्त जानकारीअनुसार सिमेन्ट बोकेको एउटा ट्रक अनियन्त्रित भएर एउटा टोटोलाई पछिल्तिरबाट धक्का दिँदा टोटोमा सवार दुईजना यात्री घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा दुवै घाइतेलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचारको लागि लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *