ट्रकसँग ठोक्किँदा बाइक चालकको मृत्यु

खोरीबारी : खोरीबारी थाना अन्तर्गत आज बिहान पानीट्याङ्कीमा एउटा बाइक र ट्रक ठोक्किँदा बाइक सवारको मृत्यु भएको छ। यस घटनाबारे खोरीबारी थानाका ओसी पासाङ छिरिङ शेर्पाले बताएअनुसार एउटा बाइक हाईवेको सडक छेउमा राखेको एउटा ट्रकसँग सोझै ठोक्किँदा गम्भीर अवस्थामा बाइक चालकलाई स्थानीय मानिसहरूले तत्कालै नक्सलबारी अस्पताल पुर्‍याए। तथापि, त्यहाँ चिकित्सकले उक्त व्यक्तिलाई मृत घोषित गरिदिए। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *