सिलगढी : कोरोनाको संक्रमणमा केही कमी आइरहेपछि हाल स्कुल-कलेजहरू पुनः खोलिएको छ। गत 16 नोभेम्बरदेखि विद्यार्थीहरू स्कुल-कलेज जान थालेका छन्। तथापि, सिलगढी संलग्न जाबराभिटा अन्डरपासको खुल्ला मेनहोल स्कुल जाने बाटोमा रहेकोले गर्दा यसले विद्यार्थीहरूलाई बाधा पुर्याइरहेको छ। धेरै समयदेखि नै उक्त अन्डरपास जलमग्न भएकोले गर्दा सड़कको विभिन्न ठाउँहरूमा ठुल्ठुला खाल्डो बनेकोले उक्त सडक भएर आवत-जावत गर्ने विद्यार्थीहरूलाई धेरै समस्याको सामना गर्न परिरहेको छ। यसको साथै यहाँ जल निकासी व्यवस्थाको पनि समस्या रहेको छ। मेनहोलको ढकनी खुल्लै रहेकोले उक्त सडक भएर आवत-जावत गर्ने विद्यार्थीहरूले साइकलबाट ओर्लेर पैदल हिँडेरै अन्डरपास पार गर्न बाध्य छन्। विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले यस समस्याको समाधान गरिदिने आश्वासन दिए तापनि हालसम्म यसको समाधान भएको छैन। आज फेरि एसजेडीएका चेयरम्यान सौरव चक्रवर्तीले जाबराभिटा अन्डरपासको निरीक्षण गरेपछि तिनले भने, विद्यार्थीहरूको समस्या कम्ती गर्नको लागि आजदेखि यहाँ पुलिस तैनाथ गरिनेछ। विद्यार्थीहरूले भने, सड़कको अवस्था निक्कै खराब रहेको साथै मेनहोल पनि खुल्लै रहेकोले उक्त सडक भएर आवत जावत गर्ने धेरैजना विद्यार्थीहरू लड्ने गर्दछन्। स्कुल-कलेज जाने समय उक्त सड़कमा प्रायःजसो जामको समस्या हुने गर्दछ। उक्त सड़क भएर टोटो लगायत अन्य विभिन्न वाहनहरूले ज्यान जोखिममा पारेर आवत-जावत गर्ने गर्दछ। एकजना स्थानीय निवासीले बताएअनुसार प्रायःजसो उक्त सडक भएर चल्ने वाहनको चक्का गड्डामा फँस्ने गरे तापनि प्रशासनको यसतर्फ कुनै ध्यान नदिएको साथै कुनै पनि समय ठुलो दुर्घटना घट्न सक्नेछ।
अन्डरपासको मेनहोल खुल्ला रहेकोले निम्त्याइरहेको छ दुर्घटनालाई, विद्यार्थीहरू समस्यामा

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
