सिलगढी: उत्तर बंगाल विश्वविद्यालयको जमिन एउटा निजी कम्पनीलाई हस्तान्तरित गरेको आरोपमा दार्जिलिङ जिल्ला कङ्ग्रेसले आज विरोध प्रदर्शन गऱ्यो। जिल्ला अध्यक्ष शंकर मालाकार लगायत अन्य कङ्ग्रेस नेताहरू अनि कार्यकर्ताहरू विरोध प्रदर्शनमा सामेल थिए। यसपछि विश्वविद्यालयका उपकुलपतिसित भेट गरेर तिनलाई ज्ञापन सुम्पिए। यस सम्बन्धमा जिल्ला अध्यक्ष शंकर मालाकारले विश्वविद्यालयको सरकारी जमिनलाई विभिन्न तरिकाले पीपीपी मडललाई सुम्पिएको आफुहरूलाई जानकारी प्राप्त भएको बताए। यस वाहेक चिया बगानको पट्टा समाप्त भएपछि निजी कम्पनीलाई दिएको तिनले बताए। यी सबै मामिलाको जाँच गर्नको लागि आज उप कुलपतिसित सम्पर्क गरेर ज्ञापन सुम्पिएको तिनले जानकारी दिए।