राजगञ्ज (निसं): उत्तरकन्या अभियान अवधि सहिद भएको भाजपा कार्यकर्ता उलेन रायको दोस्रो पुण्यतिथिमा आज स्मृति सभा साथै रक्तदान शिविरको आयोजना गरियो।आज राजगञ्जको मन्तादारीस्थित तिनको आवासमा एउटा कार्यक्रमको आयोजन गरियो। भाजपाको तपशीली मोर्चाको तत्वावधानमा तथा सिलगढी तराई ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरियो। शिविरमा भाजपा कार्यकर्ताहरू अनि समर्थकहरूले रक्तदान गरे। यस अवसरमा भाजपा नेताहरूले भने,राज्य सरकारको जनविरोधी नीतिहरूको विरोधमा 7 दिसम्बर 2020-को दिन उत्तरकन्या अभियानको आह्वान गरिएको थियो। उक्त अभियान अवधि पुलिसले चलाएको गोली लागेर भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएको थियो। तिनको स्मरणमा आज स्मृति सभा साथै रक्तदान शिविरको आयोजना गरियो। यस अवधि भाजपा राज्य कमिटीका सदस्य दीपेन प्रमाणिक, भाजपा जलपाईगुड़ी जिल्ला अध्यक्ष बापी गोस्वामी, तपशिली मोर्चा जिल्ला अध्यक्ष अखिल सरकार, राजगञ्ज ब्लक अध्यक्ष निताई मण्डल लगायत अन्य नेताहरू उपस्थित थिए।
उत्तरकन्या अभियानमा सहिद भएका भाजपा कार्यकर्ता उलेन रायको पुण्यतिथिमा स्मृति सभा साथै रक्तदान शिविर

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
