सिलगढी : उत्तरबंग सफाई कर्मचारी समितिका सदस्यहरूले सिलगढी नगरनिगम चुनाउमा निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने भएका छन्। उत्तरबंग सफाई कर्मचारी समितिले आफ्नो अस्तित्व बनाइ राख्न निर्दलीय प्रार्थीको रूपमा नगरनिगम चुनाउ लड्ने निर्णय लिएको बताइएको छ। सिलगढीको 14, 15, 18 र 28 नम्बर वार्डबाट उत्तरबंग सफाई कर्मचारी समितिका सदस्यहरूले निर्दलीय प्रार्थीका रूपमा चुनाउ लड्नेछन्। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका सभापति किरण रावतले यसबारे जानकारी गराए। नगरनिगम चुनाउमा आफ्नो प्रार्थीहरूको जीत निश्चित रहेको साथै चुनाउ जितेपछि सर्वप्रथम सिलगढी सहरलाई जाम मुक्त गर्ने, सिलगढी सहरलाई फोहोर-मैला मुक्त गर्ने परियोजना ग्रहण गर्ने तिनले बताए।