उत्तर प्रदेशमा भएको कृषकहरूको हत्याको प्रतिवादमा आमबारी विरोध सभाको आयोजना

राजगञ्ज : उत्तर प्रदेशमा कृषकहरूको हत्याको प्रतिवादमा राजगञ्ज ब्लकको आमबारी हाट इलाकामा आज किसान खेत मजदुर तृणमूल कङ्ग्रेस कमिटीले विरोध सभाको आयोजना गर्यो। यस अवधि किसान खेत मजदुर तृणमूल कङ्ग्रेस कमिटीले आज प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पुतला दहन गर्यो। यस सन्बन्धमा किसान खेत मजदुर तृणमूल कङ्ग्रेस राजगञ्ज ब्लक अध्यक्ष अहिदर रहमानले बताएअनुसार उत्तर प्रदेशको लखीमपुरमा जानीजानी वाहनले कुच्चाएर कृषकहरूको हत्या गरेको हो। आरोपीहरूलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने तिनले माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *