युवतीको अश्लील फोटो सोशल मीडियामा भाइरल गर्ने धम्की दिने युवक पक्राउ

सिलगढी : सिलगढी साइबर क्राइम थानाका पुलिसले सोशल मीडियामा युवतीको अश्लील फोटो भाइरल गर्ने धम्की दिने हर्ष गलियानलाई पक्राउ गरेको छ। सिलगढी साइबर क्राइम सूत्रले दिएको जानकारी अनुसार खालपाडा निवासी हर्ष गलियानसित उक्त युवतीको केही समयअघि सोशल मीडियामार्फत् चिनाजाना भएको थियो। यसपछि दुवैमाझ प्रेम सम्बन्ध भएपछि यसको फाइदा उठाएर हर्षले उक्त युवतीको अश्लील फोटो लिए। हर्षले अश्लील फोटो सोशल मीडियामा भाइरल गर्ने धम्की दिँदै युवतीलाई विभिन्न प्रकारले ब्ल्याकमेल गर्ने गरेको  आरोप रहेको छ। यसपछि गत 31 अगस्तमा युवतीले सिलगढी साइबर क्राइम थानामा उक्त युवकविरुद्ध एउटा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा सिलगढी साइबर क्राइमको एउटा टोलीले गत राति खालपाड़ा इलाकाबाट उक्त युवकलाई पक्राउ गरेर विभिन्न मामिला दर्ता गरेको छ। आज आरोपी हर्षलाई सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *