24 घण्टाको अवधिमै फेरि नयाँ डीजी सञ्जय मुखर्जी नियुक्त

न्यूज डेस्क: 24 घण्टाको अवधिमा एकपल्ट फेरि राज्य पुलिसका डीजीलाई सरुवा गरिदिएको छ। सञ्जय मुखर्जीलाई राज्य पुलिसको महानिर्देशक नियुक्त गरिएको छ। चुनाउ आयोगले दिएको जानकारी अनुसार 1989 ब्याचका आईपीएस अधिकारी सञ्जय मुखर्जीले राज्य पुलिसको नयाँ डीजीको रूपमा कार्यभार सम्हाल्ने छन्। चुनाउ आयोगको तर्फबाट अधिसूचना जारी गरेर आज साँझ सञ्जय मुखर्जीले डीजीको पदभार सम्हाल्ने जानकारी दिएको छ। स्मरण रहोस्, राजीव कुमारलाई हिजो राष्ट्रिय चुनाउ आयोगले राज्य पुलिसको डीजी पदबाट हटाइदिएर तिनको बद्ली विवेक सहायलाई उक्त पदभार सुम्पेको थियो। तर  24 घण्टाको अवधिमै तिनलाई पनि डीजी पदबाट हटाएर सञ्जय मुखर्जीले  डीजीको पदभार सम्हाल्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *