न्यूज डेस्क: 24 घण्टाको अवधिमा एकपल्ट फेरि राज्य पुलिसका डीजीलाई सरुवा गरिदिएको छ। सञ्जय मुखर्जीलाई राज्य पुलिसको महानिर्देशक नियुक्त गरिएको छ। चुनाउ आयोगले दिएको जानकारी अनुसार 1989 ब्याचका आईपीएस अधिकारी सञ्जय मुखर्जीले राज्य पुलिसको नयाँ डीजीको रूपमा कार्यभार सम्हाल्ने छन्। चुनाउ आयोगको तर्फबाट अधिसूचना जारी गरेर आज साँझ सञ्जय मुखर्जीले डीजीको पदभार सम्हाल्ने जानकारी दिएको छ। स्मरण रहोस्, राजीव कुमारलाई हिजो राष्ट्रिय चुनाउ आयोगले राज्य पुलिसको डीजी पदबाट हटाइदिएर तिनको बद्ली विवेक सहायलाई उक्त पदभार सुम्पेको थियो। तर 24 घण्टाको अवधिमै तिनलाई पनि डीजी पदबाट हटाएर सञ्जय मुखर्जीले डीजीको पदभार सम्हाल्ने भएका छन्।
24 घण्टाको अवधिमै फेरि नयाँ डीजी सञ्जय मुखर्जी नियुक्त

Share this story
More from Political
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Politicalलोकसभा चुनाउ 7 चरणमा सम्पन्न हुने, दार्जिलिङ आसनको चुनाउ 26 अप्रेलमा
सिलगढी: राज्य चुनाउ आयोगले दिल्लीको विज्ञान भवनमा आज आगामी 18औँ लोकसभा चुनाउको मिति घोषणा गरेको छ। उक्त घोषणा अनुसार आउँदो लोकसभा चुनाउ 7 चरणमा 543 वटा लोकसभा आसनमा कठोर सुरक्षा व्यवस्थाबीच सम्पन्न हुने भएको छ। निर्वाचन आयोगको घोषणा अनुसार मतदान आगामी 19 अप्रेलदेखि शुरू भएर 1 जुनमा समाप्त हुनेछ। पहिलो चरण अन्तर्गत 102 वटा आसनको लागि 19 अप्रेलको दिन सम्पन्न…
Politicalगोरामुमोले छैटौं अनुसूची सम्झौता दिवस 6 दिसम्बरमा पालन गर्ने
दार्जिलिङ (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी 6 दिसम्बर 2023-को दिन भब्य रुपमा छैटौं अनुसूची सम्झौता दिवस पालन गर्ने भएको छ। प्राप्त जानकारी अनुसार गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा उक्त दिन छैटौं अनुसूची सम्झौता दिवस पालन गरिने भएको छ। यसैक्रममा आज गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीद्वारा पार्टी कार्यालयमा ब्राञ्च अध्यक्ष एमजे सुब्बाको अध्यक्षता बसेको सभामा छैटौं…
Politicalमन्त्री सुव्रत साहा अब रहेनन्, ममता ब्यानर्जीद्वारा शोक प्रकट
कलकता: पश्चिम बंगालका मन्त्री सुव्रत साहा अब रहेनन्। मुर्शिदाबाद मेडिकल कलेज तथा अस्पतालमा उपचाराधिन अवस्थामा आज दिउँसो 10 बजेर 40 मिनटमा ह्दयघात भएर 72 वर्षको उमेरमा तिनको निधन भयो। तिनले आफुपछि पत्नी लगायत छोरा-बुहारीलाई छाडी गएका छन्। तिनको निधनमा राज्यका मुख्यमन्त्री तथा तृणमूल काङ्ग्रेस नेत्री ममता ब्यानर्जीले गहिरो शोक प्रकट गर्दै शोक संतप्त परिवारप्रति संवेदना प्रकट गरेकी छन्। यसको साथै…
