लोकसभा चुनाउ 7 चरणमा सम्पन्न हुने, दार्जिलिङ आसनको चुनाउ 26 अप्रेलमा

सिलगढी: राज्य चुनाउ आयोगले दिल्लीको विज्ञान भवनमा आज आगामी 18औँ लोकसभा चुनाउको मिति घोषणा गरेको छ। उक्त घोषणा अनुसार आउँदो लोकसभा चुनाउ 7 चरणमा 543 वटा लोकसभा आसनमा कठोर सुरक्षा व्यवस्थाबीच सम्पन्न हुने भएको छ। निर्वाचन आयोगको घोषणा अनुसार मतदान आगामी 19 अप्रेलदेखि शुरू भएर 1 जुनमा समाप्त हुनेछ। पहिलो चरण अन्तर्गत 102 वटा आसनको लागि 19 अप्रेलको दिन सम्पन्न हुनेछ भने दोस्रो चरण अन्तर्गत 26 अप्रेलको दिन 69 आसनमा, तेस्रो चरण 7 मई 84 वटा आसनमा, चौथो चरण अन्तर्गत 13 मईको दिन 96 वटा आसनमा, पाँचौँ चरण अन्तर्गत 20 मईको दिन 49 वटा आसनमा, छैटौँ चरण अन्तर्गत 25 मईको दिन 57 वटा आसनमा अनि अन्तिम सातौँ चरणको मतदान आगामी 1 जुनको दिन 57 वटा आसनमा सम्पन्न हुनेछ। यी सबै आसनहरूको चुनाउ मतगणना आगामी 4 जुनको दिन सम्पन्न हुने चुनाउ आयोग कमिशनले आज पत्रकार सम्मलेन गरेर जानकारी गराएको छ। स्मरण रहोस्, यता दार्जिलिङ सांसदीय आसनको लागि मतदान आगामी 26 अप्रेल 2024-को दिन कठोर सुरक्षा व्यवस्थाबीच सम्पन्न हुनेछ। अर्कोतिर, छिमेकी राज्य सिक्किमको एकमात्र लोकसभा आसनसँगै 32 वटा विधानसभा आसनमा पनि पहिलो चरण अन्तर्गत 19 अप्रेलको दिन चुनाउ सम्पन्न हुने चुनाउ आयोगले घोषणा गरेको छ। यी सबै आसनहरूमा हुने चुनाउको मतगणना आगामी 4 जुनको दिन हुनेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *