अब रहेनन् एसपीजी-का डाइरेक्टर अरुण कुमार सिन्हा

नयाँ दिल्ली: स्पेशल प्रोटेक्सन फोर्स (एसपीजी)-का डाइरेक्टर अरुण कुमार सिन्हा अब रहेनन्। आज तिनको निधन भयो। तिनले गुरुग्रामको मेदान्ता अस्पतालमा अन्तिम श्वास फेरे। एसपीजी-ले देशको प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी वहन गर्दछ। अरुण कुमार सिन्हा 1988-को केरल क्याडरका आईपीएस अधिकारी थिए। तिनी 2016 देखि एसपीजी चिफ-को पदमा तैनाथ थिए। तिनलाई फोक्सोमा असुविधा भएपछि गत 4 सेप्टेम्बरको दिन मेदान्ता अस्पतालमा भर्ना गराइएको थियो। उपचाराधिन अवस्थामा नै आज बिहान तिनले अन्तिम श्वास फेरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *