अलीपुरद्वार (निसं): अलीपुरद्वारको डीआरएम चौपथी संलग्न इलाकामा पाँच जना तृणमूल कार्यकर्ताहरूमाथि धारिलो हतियारले हमला गरेको आरोप उठेको छ। यीमध्ये दुई जना तृणमूल कार्यकर्ता गम्भीर रूपले घाइते भएको बताइएको छ।
प्राप्त जानकारी अनुसार तृणमूल कार्यकर्ताहरू सडकमा गइरहेको समय अचानक एकजना बदमाशले दोकानबाट धारिलो हतियार लिएर आएपछि तिनीहरूमाथि प्राणघातक आक्रमण गरे। उक्त घटना पछि घाइतेहरूलाई तत्कालै अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइयो। घटनाको खबर पाउन साथ अलीपुरद्वार थाना पुलिस घटना स्थलमा पुगेको थियो। अर्कोतिर, अलीपुरद्वार जंक्शन विवेकानन्द 2 नम्बर अञ्चल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले आफ्नो पार्टीका कार्यकर्ताहरू माथि भएको प्राणघातक हमलाको घोर प्रतिवाद जनाउँदै घटनाको विरोधमा प्रदर्शन गरे।
अलीपुरद्वारमा तृणमूल कार्यकर्ताहरूमाथि प्राणघातक हमला, 2 जना गम्भीर घाइते

Share this story
More from General
Generalखोरीबारीमा भयानक दुर्घटना, लरीले किच्चाएर व्यवसायीको मृत्यु
खोरीबारी, 10 मई : घर फर्कीरहेको समय एकजना व्यवसायीको भयावह सडक दुर्घटनामा मृत्यु भएको छ। उक्त घटनाले खोरीबारीको पानिट्याङकी नजिकै क्वाटर मोड, एशियन हाईवे 2 क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतकको नाम बिश्वजीत दास (45) हो, उनी नक्सलबारीको रथखोला निवासी थिए। स्थानीय सूत्र अनुसार, शुक्रबार राति पानीट्याङकीबाट बाइकमा सवार भएर आफ्नो घर फर्कीरहेको समय बिश्वजीत दासको विपरित दिशाबाट आइरहेको एउटा लरीले…
Generalनक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना गम्भीर घाइते
खोरीबारी, 2 अप्रेल (निसं): नक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, खोरीबारीको बुरागञ्जबाट एउटा बाइकमा तीन जना सवार भएर नक्सलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आरहेको बालूवा बोकेको ट्र्याक्टर सोझै ठोक्कियो। यस घटनामा बाइकमा सवार 3 जना गम्भीर घाइते भएका छन्। घटनापछि तुरुन्तै घाइते बाइक सवारलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाइयो। पछि, उनीहरूको अवस्था…
Generalदुधेबाट वनभोज खेलेर फर्किरहेको मालदाको बस दुर्घटनाग्रस्त, 5 घाइते
सिलगढी, 13 जनवरी: दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनामा पऱ्यो। आइतबार साँझमा भएको उक्त दुर्घटनामा 5 जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मादलाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय बसको चालकले नियन्त्रण गुमाइ पठाएपछि अचानक पल्टियो। भाग्यवश, दुर्घटनामा कसैको…
Generalसिलगढी समरनगरको सूर्य मन्दिरमा श्रद्धालुहरूको भीड
सिलगढी, 8 नोभेम्बर: सिलगढीमा शान्तिपूर्ण ढंगमा सम्पन्न भयो छठ पूजा। छठ पूजाको अन्तिम दिन आज सिलगढीमा अवस्थित उत्तर बंगालको एकमात्र सूर्य मन्दिरमा श्रद्धालुहरूको निक्कै भीड देखियो। सिलगढीको 46 नम्बर वार्डको समरनगर क्षेत्रमा अवस्थित गीता देवी घाटमा सूर्य मन्दिर छ। हरेक वर्ष झैँ यस वर्ष पनि यहाँ धूमधामको साथ छठ पूजाको आयोजना गरियो। यस दिन बिहान सूर्य मन्दिरमा पूजापाठ गर्न आउने…
