अलीपुरद्वारमा तृणमूल कार्यकर्ताहरूमाथि प्राणघातक हमला, 2 जना गम्भीर घाइते

अलीपुरद्वार (निसं): अलीपुरद्वारको डीआरएम चौपथी संलग्न इलाकामा पाँच जना तृणमूल कार्यकर्ताहरूमाथि धारिलो हतियारले हमला गरेको आरोप उठेको छ। यीमध्ये दुई जना तृणमूल कार्यकर्ता गम्भीर रूपले घाइते भएको बताइएको छ।
प्राप्त जानकारी अनुसार तृणमूल कार्यकर्ताहरू सडकमा गइरहेको समय अचानक एकजना बदमाशले दोकानबाट धारिलो हतियार लिएर आएपछि तिनीहरूमाथि प्राणघातक आक्रमण गरे। उक्त घटना पछि घाइतेहरूलाई तत्कालै अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइयो। घटनाको खबर पाउन साथ अलीपुरद्वार थाना पुलिस घटना स्थलमा पुगेको थियो। अर्कोतिर, अलीपुरद्वार जंक्शन विवेकानन्द 2 नम्बर अञ्चल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले आफ्नो पार्टीका कार्यकर्ताहरू माथि भएको प्राणघातक हमलाको घोर प्रतिवाद जनाउँदै घटनाको विरोधमा प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *