हेमिल्टनगञ्ज : बक्सा ब्याघ्र प्रकल्पको जङ्गलबाट एकजना व्यक्तिको कङ्काल उद्धार भएको छ। उक्त घटना कालचिनी ब्लकको हेमिल्टनगञ्ज रेञ्ज अन्तर्गत जङ्गलको घटना हो। आज वन कर्मीहरूले टहलदारी अवधि मानव कङ्काल देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिसले उक्त कङ्काल उद्धार गरेको छ भने मृतक व्यक्तिको परिचय तथा मृत्युको कारण थाहा लागेको छैन। कुनै वन्य प्राणीको हमलामा उक्त व्यक्तिको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। उक्त शव लगभग डेढ-दुई महिना पुरानो हुनसक्ने पुलिसले अनुमान लगाएको छ। उद्धार गरेको मानव कङ्काल पोस्टमार्टमको लागि पठाइने पुलिस सूत्रले जनाएको छ।
बक्सा ब्याघ्र प्रकल्पको जङ्गलबाट व्यक्तिको कङ्काल उद्धार

Share this story
More from General
Generalखोरीबारीमा भयानक दुर्घटना, लरीले किच्चाएर व्यवसायीको मृत्यु
खोरीबारी, 10 मई : घर फर्कीरहेको समय एकजना व्यवसायीको भयावह सडक दुर्घटनामा मृत्यु भएको छ। उक्त घटनाले खोरीबारीको पानिट्याङकी नजिकै क्वाटर मोड, एशियन हाईवे 2 क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतकको नाम बिश्वजीत दास (45) हो, उनी नक्सलबारीको रथखोला निवासी थिए। स्थानीय सूत्र अनुसार, शुक्रबार राति पानीट्याङकीबाट बाइकमा सवार भएर आफ्नो घर फर्कीरहेको समय बिश्वजीत दासको विपरित दिशाबाट आइरहेको एउटा लरीले…
Generalनक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना गम्भीर घाइते
खोरीबारी, 2 अप्रेल (निसं): नक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, खोरीबारीको बुरागञ्जबाट एउटा बाइकमा तीन जना सवार भएर नक्सलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आरहेको बालूवा बोकेको ट्र्याक्टर सोझै ठोक्कियो। यस घटनामा बाइकमा सवार 3 जना गम्भीर घाइते भएका छन्। घटनापछि तुरुन्तै घाइते बाइक सवारलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाइयो। पछि, उनीहरूको अवस्था…
Generalदुधेबाट वनभोज खेलेर फर्किरहेको मालदाको बस दुर्घटनाग्रस्त, 5 घाइते
सिलगढी, 13 जनवरी: दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनामा पऱ्यो। आइतबार साँझमा भएको उक्त दुर्घटनामा 5 जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मादलाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय बसको चालकले नियन्त्रण गुमाइ पठाएपछि अचानक पल्टियो। भाग्यवश, दुर्घटनामा कसैको…
Generalसिलगढी समरनगरको सूर्य मन्दिरमा श्रद्धालुहरूको भीड
सिलगढी, 8 नोभेम्बर: सिलगढीमा शान्तिपूर्ण ढंगमा सम्पन्न भयो छठ पूजा। छठ पूजाको अन्तिम दिन आज सिलगढीमा अवस्थित उत्तर बंगालको एकमात्र सूर्य मन्दिरमा श्रद्धालुहरूको निक्कै भीड देखियो। सिलगढीको 46 नम्बर वार्डको समरनगर क्षेत्रमा अवस्थित गीता देवी घाटमा सूर्य मन्दिर छ। हरेक वर्ष झैँ यस वर्ष पनि यहाँ धूमधामको साथ छठ पूजाको आयोजना गरियो। यस दिन बिहान सूर्य मन्दिरमा पूजापाठ गर्न आउने…
