फुन्चोलिङ : भुटानमा फेला परेको पहिलो कोरोना भाइरस (कोभिड-19) सङ्क्रमण व्यक्तिका पत्नीलाई पनि उक्त सङ्क्रमणले आक्रान्त पारेको रिपोर्ट थाहा लागेपछि देशमा कोरोना भाइरसको सङ्क्रमणमा पर्नेहरूको सङ्ख्या 2 पुगेको छ। भुटानका प्रधानमन्त्रीले यसबारे आज बिहान पत्रकारहरूलाई जानकारी दिएका छन्। स्मरण रहोस्, गत 5 मार्चको दिन भुटान गएका दुईजना विदेशी नागरिक सहित वाहनका चालक र गाइडलाई कोरोना भाइरसको सङ्क्रमणको आशंकामा जाँच गरिँदा तीमध्ये एकजना विदेशी नागरिकलाई जाँच अवधि कोरोना भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको थियो। यसको साथै अन्य तीनजना व्यक्तिहरूलाई पनि लगातार विभिन्न तहबाट जाँच प्रक्रिया चलिरहेको बीच आज बिहान अन्य एकजना भाइरस सङ्क्रमणका 59 वर्षीय पत्नीलाई पनि कोरोना भाइरसले आक्रान्त पारेको पुष्टि भएको छ। तथापि, अन्य दुईजना क्रमैले चालक र गाइडलाई कुनै प्रकारको सङ्क्रमण नभएको जाँच अवधि थाहा लागेको छ। उक्त भाइरस सङ्क्रमण महिला हाल हेर्दा सामान्य देखिए तापनि तिनलाई आजदेखि आइसोलेसनमा राखिएको छ। विदेशी पर्यटकहरूसँगै रहेका चालक र गाइडलाई कुनै प्रकारको सङ्क्रमणको आशंका भएको खण्डमा तत्कालै यसबारे अवगत गराउने आदेश दिएको छ। यसरी हेर्दा छिमेकी देश भुटानमा पनि हालसम्म कोरोना भाइरसले सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या 2 पुगेको पुष्टि भएको छ। तथापि, हालसम्म उक्त भाइरसले कसैको ज्यान गएको छैन।
भुटानमा फेला पर्यो दोस्रो कोरोना भाइरस सङ्क्रमण व्यक्ति

Share this story
More from General
Generalखोरीबारीमा भयानक दुर्घटना, लरीले किच्चाएर व्यवसायीको मृत्यु
खोरीबारी, 10 मई : घर फर्कीरहेको समय एकजना व्यवसायीको भयावह सडक दुर्घटनामा मृत्यु भएको छ। उक्त घटनाले खोरीबारीको पानिट्याङकी नजिकै क्वाटर मोड, एशियन हाईवे 2 क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतकको नाम बिश्वजीत दास (45) हो, उनी नक्सलबारीको रथखोला निवासी थिए। स्थानीय सूत्र अनुसार, शुक्रबार राति पानीट्याङकीबाट बाइकमा सवार भएर आफ्नो घर फर्कीरहेको समय बिश्वजीत दासको विपरित दिशाबाट आइरहेको एउटा लरीले…
Generalनक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना गम्भीर घाइते
खोरीबारी, 2 अप्रेल (निसं): नक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, खोरीबारीको बुरागञ्जबाट एउटा बाइकमा तीन जना सवार भएर नक्सलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आरहेको बालूवा बोकेको ट्र्याक्टर सोझै ठोक्कियो। यस घटनामा बाइकमा सवार 3 जना गम्भीर घाइते भएका छन्। घटनापछि तुरुन्तै घाइते बाइक सवारलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाइयो। पछि, उनीहरूको अवस्था…
Generalदुधेबाट वनभोज खेलेर फर्किरहेको मालदाको बस दुर्घटनाग्रस्त, 5 घाइते
सिलगढी, 13 जनवरी: दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनामा पऱ्यो। आइतबार साँझमा भएको उक्त दुर्घटनामा 5 जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मादलाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय बसको चालकले नियन्त्रण गुमाइ पठाएपछि अचानक पल्टियो। भाग्यवश, दुर्घटनामा कसैको…
Generalसिलगढी समरनगरको सूर्य मन्दिरमा श्रद्धालुहरूको भीड
सिलगढी, 8 नोभेम्बर: सिलगढीमा शान्तिपूर्ण ढंगमा सम्पन्न भयो छठ पूजा। छठ पूजाको अन्तिम दिन आज सिलगढीमा अवस्थित उत्तर बंगालको एकमात्र सूर्य मन्दिरमा श्रद्धालुहरूको निक्कै भीड देखियो। सिलगढीको 46 नम्बर वार्डको समरनगर क्षेत्रमा अवस्थित गीता देवी घाटमा सूर्य मन्दिर छ। हरेक वर्ष झैँ यस वर्ष पनि यहाँ धूमधामको साथ छठ पूजाको आयोजना गरियो। यस दिन बिहान सूर्य मन्दिरमा पूजापाठ गर्न आउने…
