भुटानमा फेला पर्‍यो दोस्रो कोरोना भाइरस सङ्क्रमण व्यक्ति

फुन्चोलिङ : भुटानमा फेला परेको पहिलो कोरोना भाइरस (कोभिड-19) सङ्क्रमण व्यक्तिका पत्नीलाई पनि उक्त सङ्क्रमणले आक्रान्त पारेको रिपोर्ट थाहा लागेपछि देशमा कोरोना भाइरसको सङ्क्रमणमा पर्नेहरूको सङ्ख्या 2 पुगेको छ। भुटानका प्रधानमन्त्रीले यसबारे आज बिहान पत्रकारहरूलाई जानकारी दिएका छन्। स्मरण रहोस्, गत 5 मार्चको दिन भुटान गएका दुईजना विदेशी नागरिक सहित वाहनका चालक र गाइडलाई कोरोना भाइरसको सङ्क्रमणको आशंकामा जाँच गरिँदा तीमध्ये एकजना विदेशी नागरिकलाई जाँच अवधि कोरोना भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको थियो। यसको साथै अन्य तीनजना व्यक्तिहरूलाई पनि लगातार विभिन्न तहबाट जाँच प्रक्रिया चलिरहेको बीच आज बिहान अन्य एकजना भाइरस सङ्क्रमणका 59 वर्षीय पत्नीलाई पनि कोरोना भाइरसले आक्रान्त पारेको पुष्टि भएको छ। तथापि, अन्य दुईजना क्रमैले चालक र गाइडलाई कुनै प्रकारको सङ्क्रमण नभएको जाँच अवधि थाहा लागेको छ। उक्त भाइरस सङ्क्रमण महिला हाल हेर्दा सामान्य देखिए तापनि तिनलाई आजदेखि आइसोलेसनमा राखिएको छ। विदेशी पर्यटकहरूसँगै रहेका चालक र गाइडलाई कुनै प्रकारको सङ्क्रमणको आशंका भएको खण्डमा तत्कालै यसबारे अवगत गराउने आदेश दिएको छ। यसरी हेर्दा छिमेकी देश भुटानमा पनि हालसम्म कोरोना भाइरसले सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या 2 पुगेको पुष्टि भएको छ। तथापि, हालसम्म उक्त भाइरसले कसैको ज्यान गएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *