बिजनबारी: अगमसिह गिरी उच्चतर माध्यमिक विद्यालय नयाँ बस्ती नजिकमा मुल सडक बर्खे झरीले भत्किएपछि लगभग आधा दर्जन गाउँका मानिसहरू बिचल्नीमा परेका छन्। विशेष गरेर गाउँ क्षेत्रलाई बिजनबारी बजार लगायत अन्य स्थानहरुसँग जोड्ने उक्त बाटो निर्माण भएकोदेखि नै जोखिमपूर्ण भएको भए तापनि गत केही दिन अघिसम्म वाहनहरु चलाचल हुँदै आइरहेको थियो भने हाल पूर्ण रूपले ठप्प बनेपछि चाँड-बाँडकै मुखैमा गाउँलेहरु बिचल्नीमा परेका छन्। यसको साथै उक्त बाटो निर्माणको निम्ति सम्बन्धि निकायले पहल गरिदिने मोटर चालक संगठनका प्रतिनिधिहरुले अनुरोध गरेका छन। अर्कोतिर, आफुहरुले वैकल्पिक मार्गको प्रयोग गर्दै आएको भए तापनि उक्त बाटोको अवस्था पनि जोखिमपूर्ण रहेकोले आफुहरु असुविधामा परेको संगठन प्रतिनिधि डीके राईले बताएका छन। स्मरण रहोस्, उक्त बाटोको भरमा नयाँ नोर तथा गोक दुइ ग्रामको अधिकांश गाउँको साग-सब्जी बजारसम्म पुऱ्याने गरिन्छ भने बजारबाट आवश्यक सामग्रीहरू पनि यहीं बाटो भएर ल्याउने गरिन्छ।
बिजनबारीको नयाँ बस्ती छेउमा सडक भत्किएपछि लगभग आधा दर्जन गाउँका मानिसहरू बिचल्नीमा

Share this story
More from General
Generalखोरीबारीमा भयानक दुर्घटना, लरीले किच्चाएर व्यवसायीको मृत्यु
खोरीबारी, 10 मई : घर फर्कीरहेको समय एकजना व्यवसायीको भयावह सडक दुर्घटनामा मृत्यु भएको छ। उक्त घटनाले खोरीबारीको पानिट्याङकी नजिकै क्वाटर मोड, एशियन हाईवे 2 क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतकको नाम बिश्वजीत दास (45) हो, उनी नक्सलबारीको रथखोला निवासी थिए। स्थानीय सूत्र अनुसार, शुक्रबार राति पानीट्याङकीबाट बाइकमा सवार भएर आफ्नो घर फर्कीरहेको समय बिश्वजीत दासको विपरित दिशाबाट आइरहेको एउटा लरीले…
Generalनक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना गम्भीर घाइते
खोरीबारी, 2 अप्रेल (निसं): नक्सलबारीको रथखोलामा ट्र्याक्टर र बाइक ठोक्किँदा 3 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, खोरीबारीको बुरागञ्जबाट एउटा बाइकमा तीन जना सवार भएर नक्सलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आरहेको बालूवा बोकेको ट्र्याक्टर सोझै ठोक्कियो। यस घटनामा बाइकमा सवार 3 जना गम्भीर घाइते भएका छन्। घटनापछि तुरुन्तै घाइते बाइक सवारलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाइयो। पछि, उनीहरूको अवस्था…
Generalदुधेबाट वनभोज खेलेर फर्किरहेको मालदाको बस दुर्घटनाग्रस्त, 5 घाइते
सिलगढी, 13 जनवरी: दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनामा पऱ्यो। आइतबार साँझमा भएको उक्त दुर्घटनामा 5 जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मादलाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय बसको चालकले नियन्त्रण गुमाइ पठाएपछि अचानक पल्टियो। भाग्यवश, दुर्घटनामा कसैको…
Generalसिलगढी समरनगरको सूर्य मन्दिरमा श्रद्धालुहरूको भीड
सिलगढी, 8 नोभेम्बर: सिलगढीमा शान्तिपूर्ण ढंगमा सम्पन्न भयो छठ पूजा। छठ पूजाको अन्तिम दिन आज सिलगढीमा अवस्थित उत्तर बंगालको एकमात्र सूर्य मन्दिरमा श्रद्धालुहरूको निक्कै भीड देखियो। सिलगढीको 46 नम्बर वार्डको समरनगर क्षेत्रमा अवस्थित गीता देवी घाटमा सूर्य मन्दिर छ। हरेक वर्ष झैँ यस वर्ष पनि यहाँ धूमधामको साथ छठ पूजाको आयोजना गरियो। यस दिन बिहान सूर्य मन्दिरमा पूजापाठ गर्न आउने…
